आजको मिति: मंगलबार, जेठ २६, २०८३
११:५० बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

खान सरलाई पक्राउमा रोक, पटना अदालतबाट अन्तरिम संरक्षण जारी

Infinite Scroll Ad

दमक । भारतका चर्चित युट्युबर तथा शिक्षक ‘खान सर’ (फैसल खान) लाई पक्राउ गर्न पटना जिल्ला अदालतले रोक लगाएको उनका वकिलले बताएका छन् ।

खानका वकिल अरविन्द कुमारले समाचार एजेन्सी पीटीआईसँग भने, ‘अन्तरिम जमानतको याचिका दायर गरिएको थियो । अदालतबाट अन्तरिम संरक्षण प्राप्त भएको छ। अर्थात्, गिरफ्तारीमा रोक लगाइएको छ । अदालतबाट अन्तिम फैसला नआएसम्म र अर्को सुनुवाइको मितिसम्म कुनै पनि प्रहरी अधिकारीले उहाँलाई पक्राउ गर्न पाउने छैनन् ।’

उनका अनुसार, ‘खान सर जहाँ चाहनुहुन्छ त्यहाँ जान सक्नुहुन्छ । यदि प्रहरीले सोधपुछ गर्न चाहेमा उहाँ प्रहरीसमक्ष उपस्थित हुन सक्नुहुन्छ र आवश्यक जवाफ दिनुहुनेछ । खान सरले अनुसन्धानमा पूर्ण सहयोग गर्नुहुनेछ ।’

Sidebar Premium Ad

यसैबीच, पटनास्थित खान ग्लोबल स्टडिज कोचिङ सेन्टर बाहिर भएको गोलीकाण्डसम्बन्धी घटनामा कदमकुआँ प्रहरी थानामा उनीविरुद्ध जाहेरी दर्ता गरिएको छ ।

गत साता बिहीबार प्रहरीले यही घटनामा खान ग्लोबल स्टडिजका दुई सुरक्षाकर्मी प्रदीप कुमार र तालेबर सिंहलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको थियो ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *