नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्टसँग जोडिएका ५६ जना व्यवसायीको शेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको छ । ब्युरोले ११ जेठमा बोर्डलाई पत्र लेखेर भट्टसँग जोडिएका कम्पनीका शेयरधनीको सम्पत्ति रोक्का राख्नुका साथै विवरण पठाउन पनि भनेको छ ।
सीईआईबीले पठाएको पत्रअनुसार धितोपत्र बजारमा भएको लगानीसम्बन्धी विवरण आवश्यक परेको विवरण पठाउन र रोक्कासमेत राख्न अनुरोध गरेको छ । ब्युरोको पत्रमा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी दीपक भट्टसमेत भएको धितोपत्रसम्बन्धी ऐन २०६३ अन्तगर्तको कसुरमा अनुसन्धानको सिलसिलामा निम्नलिखित नाम, थर, वतन भएका प्रतिवादीहरूको नाममा धितोपत्र बजारमा भएको लगानीसम्बन्धी विवरण आवश्यक परेकाले उल्लेखित विवरण यस ब्युरोको इमेल ठेगानामा खुलाई पठाई रोक्कासमेत राखी अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन अनुरोध छ ।’
ब्युरोले विवरण मागेकाहरूमा अधिकांश हिमालय रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी लाइभ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलगायत रहेका छन् । ती कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्य, लगानी समितिका संयोजक र सदस्यहरू रहेका छन् ।
को–को हुन् ५६ जना ?
हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सिद्धान्त झुनझुनवाला, नेपाल माइक्रोकै लतिका गोल्यान, बद्रि सिग्देल, त्यसैगरी, प्रविना दाहाल, सुजत्न मल्ल, हिमालयन रिइन्स्योरेन्सका सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला र मनिष कुमार छन् ।
त्यसैगरी, हिमालय सेक्युरिटी बैंकका सञ्चालक सीताराम वाग्ले, आकांक्षा गुप्ता, हिमालयन क्यापसर्भका लागि अध्यक्ष शिशिर गैरे, हिमालयन इन्भेस्टमेन्ट बैंकका सञ्चालक अध्यक्ष कपिलकुमार दाहाल, सञ्चालक सदस्य राजनप्रसाद अधिकारी, क्रेस्ट माइक्रो इन्स्योरेन्सका सञ्चालक विदुर पुरी, हिमालयन इन्भेस्टमेन्ट बैंकका सञ्चालक विनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानाङ्गा, सुभाष पौडेल, सालिनी संघाई, प्रतीक जोशी रहेका छन् ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोदप्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुडभरी, गार्डियन माइक्रोका कार्यकारी प्रमुख अधिकृत चिरायु भण्डारी, सोही माइक्रोका लगानी समिति सदस्य ज्योतिप्रकाश पाण्डे र समिर खरेल रहेका छन् ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सञ्चालक समिति अध्यक्ष कृतिका अग्रवाल, सञ्चालक समिति सदस्य तथा लगानी समिति संयोजक दिनेश सरिया, सञ्चालक समिति सदस्य निरु दाहाल, सञ्चालक समिति सदस्य तथा लगानी समिति सदस्य नितेश मालपानी, गणेशराज पन्त, भानुभक्त पोखरेल, दिपेशकुमार श्रेष्ठ पनि रहेका छन् ।
त्यसैगरी, क्रेस्ट माइक्रो इन्स्योरेन्सका सञ्चालक समिति सदस्य मृदुला सरिया, पवित्रलाल चुके, विनोदनरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुनिता महर्जन, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक समिति सदस्यहरू बलराम खत्री, नेहा अग्रवाल, आशिष सिंह, प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव, लगानी समिति सदस्य तथा वित्त विभाग प्रमुख देवेन्द्र धिताल रहेका छन् ।
त्यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक विवेककुमार शाह र लक्ष्मण ज्ञवालीसहित सोही कम्पनीका लगानी समिति संयोजक आशिष ढकाल, लगानी समिति सदस्य, सौरभ दुगड, सञ्चालक सदस्य सचिन आचार्य, प्रमिला केसी र दिगम्बर झा रहेका छन् ।




